गुरुङको सिनेमा ‘रिमै’ को छायांकन सम्पन्न


काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘रिमै’ को सम्पूर्ण छायांकन सकिएको छ । २९ दिन अघि गोरखा जिल्लाबाट छायांकन सुरु गरिएको सिनेमाको सम्पूर्ण छायाँकन सकिएको निर्देशक गुरुङले सेलिब्रेटी नेपाललाई जानकारी दिए। आफ्नै गाउँ ठाउँमा छायांकन गर्दा धेरै नै सजिलो भएको र स्थानीयबाट राम्रो साथ पाएको निर्देशक गुरुङले बताए।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र आरआर फिल्मस् तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, रिस्मा गुरुङ, अर्पण थापा,बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, डिवी गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले,जितयात्री गुरूङ (नर्वे) निर्माता रहेको सिनेमामा बिनु गुरुङ, रोशन भट्टराई राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि. गुरुङको सम्पादन रहनेछ ।

गत एक महिना यता सिनेमाको गोरखा जिल्लाको विभिन्न ठाउँमा छायांकन भैरहेको छ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । सिनमालाई आरआर फिल्मस्ले वितरण गर्नेछ भने सिनेमाको डिजिटल राइट ओएसआर डिजिटलल खरिद गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.