पुजा र राजुको ‘बेहुली’ सार्वजनिक (भिडियो)


विराटनगर । गायक राजु अर्याल र गायिका पुजा देवकोटाको स्वरमा रहेको नयाँ गीत ‘बेहुली’ गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा एक नारीले जिवनमा प्रेममा गरेको संघर्षलाई समेटिएको छ । प्रेममा रहेका मायालु जोडिहरु विचको चित्कार र वेदनालाई गीतमा समेटिएको छ । मायामा पाउँनु भन्दा वाध्यतामा डोली चढ्न बाध्य प्रेमिकाको जिवन भोगाईलाई गीतमा मौलिक ढंगबाट चित्रण गरिएको छ ।

कमल बस्यालको शब्द तथा राजु अर्यालको संगीत एवम कृष्ण बिक संगीत संयोजनमा गीत तयार गरिएको छ । अभय चौधरीको छायाँकन, नविन धर्तिमगरको सम्पादन तथा कमल भक्तको कथा लेखन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोमा कमल भक्त, वर्षा भण्डारा, दिलीप सिंहको अभिनय देख्न सकिन्छ । भिडियो सलिना म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.