‘दुखी आत्मा’ को पोस्टरमा दयाहाङ,आँचलदेखि रेअरसम्म



काठमाडौं । दीपेन्द्र लामा लिखित तथा निर्देशीत फिल्म ‘दुखी आत्मा’ को फर्स्टलुक पोस्टर सोमबार सार्वजनिक गरिएको छ । विभिन्न ३ डिजाइनका पोस्टर मध्ये एउटामा दयाहाङ राई सिंगल छन भने अर्कोमा उनी र आँचल शर्मा प्रेमील भावमा देखिन्छ्न । अर्को एक पोस्टरमा भने दयाहाङ,आँचलका साथमा अनुपबिक्रम शाही,बुद्धि तामाङ,रेअर राई,लोकेन्द्र लेखक र आशान्त शर्मालाई प्रस्तुत गरिएको छ । फागुन २ गते रिलिज हुने फिल्मको पोस्टरले दर्शकमा थप कौतुहलता जगाउने देखिन्छ ।

क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा चर्चित कवि श्रवण मुकारुङका विभिन्न १० वटा पेचिला कविता पनि समेटिएको छ । आलोक शुक्लाले खिचेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका छन । फिल्म आरआर फिल्मस्ले बितरण गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.