रानीको ‘तिम्रो मायामा’मा सम्राट र लालना (भिडियो)


काठमाडौँ। अमेरिकामा रहेर पनि गायिका रानी शाक्य निरन्तर गीत संगीतमा सक्रिय छिन् । दर्शकमाझ नयाँ नयाँ गीत सार्वजनिक गर्दै आएकी रानीले फेरि अर्को एक रोमान्टिक गीत सार्वजनिक गरेकी छिन् ।

प्रेममा परेपछि एक यूवतीको मनमा उब्जिने विभिन्न भावनामा आधारित रहेर ‘तिम्रो मायाँमा’ बोलको गीत रानीले सार्वजनिक गरेकी हुन् ।
गीतमा आकाश केएमको शब्द तथा संगीत छ । सार्वजनिक यो गीतमा मोडलद्धय सम्राट अधिकारी र लालना चिमरियाको अभिनय हेर्न सकिन्छ । गीतको भिडियोमा लालनालाई सम्राटका लागि तड्पिएको देख्न सकिन्छ । शिशिर खत्रीको निर्देशनमा तयार भएको यो भिडियोमा दिनेश पराजुलीको कोरियोग्राफी, दिन्सन शाहको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.