काठमाडौं । निर्देशक वसन्त निरौलाले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । भक्तपुरको सुर्य विनायक गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘दशमी’ निर्माणको घोषणा गरेका हुन् ।
रेड आई फिल्म्स र रोमन फिल्म्सको प्रस्तुति रहने रहने चलचित्रमा राजकुमार पण्डितको लगानी रहनेछ ।
चलचित्रको लेखक दिलीप रानाभाट हुन् । चलचित्रको निर्मातामा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य रहेका छन् ।
विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रको प्रोडक्शन म्यानेजर दिलीप पन्त रहेका छन् ।
निर्देशक निरौलाले चलचित्रको नाम घोषणा गरे पनि कलाकारको लाइनअप भने सार्वजनिक गरेका छैनन् । उनले चलचित्र दसैँको फूलपातीका दिन रिलिज हुने बताएका छन् ।
‘दशमी’मा गएको दसैँमा रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’को टिम देखिएको छ । कलाकारबाहेक अधिकांश टिम ‘ज्वाइँ साब’को रहेको छ ।
निरौलाको निर्देशन रहेको ‘ज्वाइँ साब’ले राम्रो समीक्षा पाएको थियो ।