महासंघ एसोसिएट प्रदेशमा चलचित्र पत्रकार अशेष महासचिव,अध्यक्ष रोयल विजयी


काठमाडौँ । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशमा अध्यक्ष रोयल आचार्य विजयी भएका छन्। शुक्रवार भएको निर्वाचनमा आचार्यले २६६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी स्मृति ढुंगानाले १९२ मत प्राप्त गरिन्। महासचिवमा चलचित्र पत्रकार संघ नेपालका अशेष अधिकारी विजयी भएका छन्। अधिकारीले २५४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी भानु भट्टराईले १६७ मत प्राप्त गरे। महिला उपाध्यक्षमा पुष्पा थपलियाले विजयी हासिल गरिन्।

उपाध्यक्षमा ध्रुब तुलाधर,सचिवमा सुरज पौडेल,कोषाध्यक्षमा राजेन्द्र प्रजापती निर्बिरोध भएका छन्। सदस्यमा सबै निर्बिरोध भएका छन्। सदस्यमा चलचित्र पत्रकार संघ नेपालबाट सरिता भारती र निरज पन्थी कार्यसमिति सदस्य बनेका छन्।

एसोसियट तर्फबाट केन्द्रीय सदस्यमा मनुका कुँवर र पवित्रा मुडभरी विजयी भएका छन् । मनुका कुँवर तीन सय एक र पवित्रा मुडभरी दुई सय नौ मत ल्याएर विजयी भएको निर्वाचन संयोजक ध्रुव लम्सालले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.