विपिन र मुकुनको चलचित्र ‘कर्मा’ को छायांकन सुरु


काठमाडौं । सौरभ चौधरीको निर्देशनमा बन्ने चलचित्र ‘कर्मा’ को शुभ-मुहुर्तसँगै छायांकन सुरु गरिएको छ । निर्देशक चौधरीले आफ्नो आगामी एक्सन चलचित्रको छायांकन शुक्रबारदेखि दाङको घोराहीबाट सुरु गरेका हुन् । ४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने सिनेमाको मुख्य भूमिका निभाइरहेका कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्य देवको सहभागीतामा शुभ-मुहुर्तसँगै छायांकन सुरु गरिएको हो ।

एक्सन ड्रामा जनरामा निर्माण हुने यस चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । निर्देशक चौधरीका अनुसार यो चलचित्रमा अभिनेता विपीनलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालको लगानी रहनेछ । चलचित्र ‘कर्मा’ नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.