रेखाको हिम्मतवालीको ट्रेलर सार्बजनिक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नायिका बाट निर्मात्री बनेकी रेखा थापाको  निर्माण तथा निर्देशन रहेको  चलचित्र ‘हिम्मतवाली’ को ट्रेलर रिलिज भएको छ।आगामी फूलपातीका दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रमा रेखाका साथमा नायक सुदर्शन गौतम नायकका रूपमा देखिँदैछन्।संसारकै पहिलो दुवै हात नभएका नायकको रुपमा परिचय बनाउने क्रममा रहेको सुदर्शन रेखा थापाको जोडीका रुपमा देखिएका छन्  यसअघिको चलचित्र ‘काली’ ’ले व्यवसायिक रुपमा सफलता पाएपछि रेखाले आफ्नै ब्यानरमा अर्को  चलचित्र ‘हिम्मतवाली’ निर्माण गरेकी हुन।
Himmatwali
यस चलचित्रले रेखा थापालाई पुनः एकपटक एक्सन लेडीका रुपमा दर्शकहरू माँझ परिचित गराउने भएको छ। यस चलचित्रमा रेखाले खतरनाक स्टन्टका दृश्यहरू दिएकी छन। यो चलचित्र हेर्नका लागि अपाङ्ग दर्शकहरूका लागि २५ प्रतिशत छुट दिइने बताइएको छ।
चलचित्रमा द्धन्द्ध चन्द्र पन्तको संगीत बसन्त सापकोटा र टंक बुढाथोकीको रहेको चलचित्रलाइ रामशरण उप्रेतीले खिचेका हुन्।
‘हिम्मतवाली’मा बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ भने रेखाकी आमा सरस्वती थापा निर्माता रहेकी छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.