‘एक्लो’ कि नायिका कविता नेपालीले सगरमाथा चढ्ने


काठमाडौँ। चलचित्र ‘एक्लो’ कि नायिका कविता नेपालीले संसारकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने भएकी छन्। यतिबेला उनि सगरमाथा आरोहणको लागि आबस्यक पुर्व तयारीमा रहेकी छन्। डान्सिङ्ग रियालिटी शोको विजेता बनेकी नेपालीले सय भन्दा बढी म्युजिक भिडियो,वेव सिरिजमा काम गरि सकेकी छन्। उनि अभिनित पहिलो चलचित्र ‘एक्लो’ को छायांकन सकेर युकेमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ।


साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्र ‘एक्लो’ को छायाँकनको लागी अपर मुस्ताङमा पुग्दा कविता नेपालीलाई सगरमाथा चढ्ने सोच पलाएको उनले बताईन् । सगरमाथा चढ्नु अघि अन्य हिमालहरु चढ्नु पर्ने र आबस्यक तालिम समेत लिनु पर्ने भएकोले उनि अहिले तयारीमा जुटेकी हुन्। उनि अहिले सगरमाथा बेस क्याम्पमा तयारी गर्दै गरेकी छन्।

सगरमाथा चढ्नु जोखिम काम हो अझै महिलाहरुको लागि त् झन् जोखिम हो। जोखिम काम सफलता गरेर नै आफ्नो र देशको नाम राख्ने हो उनि बताउछिन्। कविता नेपालीलाई सगरमाथा चढ्न चलचित्र ‘एक्लो’ निर्माण टिमले पनि आबस्यक सहयोग गर्ने चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले बताए।

प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘एक्लो’ मा कविता नेपाली संगै प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, सुरज सिहँ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.