शिवको ‘तिमीलाई अझै धर्म लाग्छ’ मा आश्मा र अनुप (भिडियो)


काठमाडौँ – गायक शिव परियारको आवाजमा ‘तिमीलाई अझै धर्म लाग्छ’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । जी. एम. दिपु दिपेन्द्र युटुव च्यानलमा रिलिज गरिएको गीतमा आश्मा गिरि र अनुप जंग थापा ( विचित्र ) को अभिनय रहेको छ। प्रेमी प्रेमीका बीच माया, प्रेम र शंकाले जीवनमा पर्ने उतार चढावलाई समेटेर बनाइएको गीत निकै नै मर्मस्पर्शी रहेको छ।

संचारकर्मी त्रिसा केसीको निर्देशनमा बनेको गीतमा जी. एम. दिपु दिपेन्द्रको शब्द, राजकुमार बगरको संगीत तथा मिक्सिङ्ग र मास्टरिङ्ग, मुकुश हुमागाँई र टिमको छायांकन, मिन रावलको सम्पादन तथा कलरिङ्ग रहेको छ। आश्मा र अनुपलाई अभिनयमा लिजन बराईली र श्रीजन सुनारले बाल कलाकारका रुपमा साथ दिएका छन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.