मानव-अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक


काठमाडौँ। नेपाल मानव-अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बुधबार महोत्सवले डकुमेन्ट्री, शर्ट, एनिमेशन, फिक्सन सब विधाको चलचित्रको सूची सार्वजनिक गरेको हो । नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा भएको आयोजकले जनाएको छ ।


महोत्सवमा विश्वप्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी पिक्सन विजेता पायल कपडियाको ‘अल वी इमाजिन एज लाईट’, सर्ट सेक्सनमा अर्वाड प्राप्त ‘द म्यान हु कुडनट रिमेन्न साईलेन्स’, ७४ औं बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्ट सेक्सनमा अवार्ड प्राप्त ‘एन आउटरन’, ७४ औं बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जेनेरेशन के प्लसमा अवार्ड प्राप्त ‘अनार दाना’, बर्लिनमै छनोट भएको ‘ओटिट’ लगायत चलचित्रहरु यस क्याटागोरीमा प्रतिस्पर्धाका लागि छनोट भएका हुन् । त्यस्तै अन्तर्राष्ट्रिय सर्ट वृत्तचित्र प्रतिस्पर्धामा ‘हाऊ टु प्लिज’सहित ९ वटा वृत्तचित्र छनोट भएको महोत्सव आयोजकले बताएको छ ।

सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले मानव अधिकारसँग सम्बन्धित चलचित्रहरुको प्रवद्र्धन र प्रदर्शनका लागि नियमित रुपमा महोत्सव गर्दै आएको छ । केन्द्रले मानवअधिकारको पैरवीका लागि विभिन्न अन्तक्रिया तथा गोष्ठीहरु पनि आयोजना गरिरहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.