‘पुष्पा २’ को गीत ‘किसिक’ सुनेर दर्शक रिसाए


हिन्दी गीत सुनेर दर्शकले भने- यस्तो गीत सुनेर चप्पलले हान्छन्


एजेन्सी। अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत बहुप्रतीक्षित फिल्म ‘पुष्पा २ : द रूल’ को गीत ‘किसिक’ हालै सार्वजनिक गरिएको छ। पहिलो फिल्म पुष्पा: द राइज को चर्चित गीत ‘ऊ अंटावा’ ले देशभर चर्चा कमाएको थियो। तर, ‘किसिक’ गीत सार्वजनिक भएपछि फ्यानहरूले गुनासो गर्न थालेका छन्। गीतका लिरिक्स र आवाजप्रति असन्तुष्टि जनाउँदै उनीहरूले सामाजिक सञ्जालमा यसको कडा आलोचना गरेका छन्।

अल्लू अर्जुनले हालै आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत ‘पुष्पा २: द रूल’ को ‘किसिक’ गीत सार्वजनिक भएको जानकारी दिएका थिए। तर, हिन्दी लिरिक्स सुनेपछि फ्यानहरू निराश भएका छन्। धेरैलाई लागेको थियो कि यो गीतले ‘ऊ अंटावा’ लाई टक्कर दिनेछ।

एकजनाले लेखेका छन्, “यो सबैभन्दा घटिया गीत हो। हाम्रो आशामा पानी हालिदियो।” अर्का एकजनाले भने, “‘ऊ अंटावा’ योभन्दा लाख गुणा राम्रो थियो।” अर्का एक दर्शकले लेखे, “यो त निराशाजनक छ।” यहाँसम्म कि, एकजनाले भने, “थप्पड हैन, चप्पलले हान्छन्।”

फिल्मबारे पनि प्रश्न उठाउँदै एकजनाले लेखेका छन्, “एक गीतले नै फिल्म बिग्रिने हो कि! अरू कुनै राम्रो गीत थिएन जसलाई समावेश गर्न सक्थे?” अर्कोले भने, “हे भगवान्, यिनीहरूलाई के भयो? यस्तो स्टुपिड गीत किन बनाए? अरू राम्रो गीत फेला परेन?” अर्कोले थपे, “आशा छ, फिल्म यो गीतजस्तो नहोस।”

फिल्म आगामी डिसेम्बर ५ मा तमिल, तेलुगु, हिन्दी, कन्नड, बंगाली र मलयालम भाषामा रिलिज हुँदैछ। यो पहिलो प्यान-इन्डिया फिल्म हो, जुन बंगाली भाषामा पनि रिलिज हुनेछ।

फिल्ममा अल्लू अर्जुन, रश्मिका मन्दाना, फहाद फाजिल, र प्रकाश राज मुख्य भूमिकामा छन्। यो फिल्मलाई ५०० करोडको मेगा बजेटमा निर्माण गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.