‘नेपाल अफ्रिका अन्तराष्ट्रिय चलचित्र महोत्सब’ मा सहभागिताको लागी आव्हान


काठमाडौं। ‘१३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिबल–२०२५’ मा सहभागी हुन चाहने चलचित्र, टेली चलचित्र तथा लघु चलचित्र समावेश गर्न आयोजकले आव्हान गरेको छ । यो महोत्सब आगामी माघको पहिलो साता काठमाडौंमा आयोजना हुनेछ ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा यो महोत्सब हुन लागेको हो ।

महोत्सबमा सहभागी हुन चाहने चलचित्रहरुले आगामी डिसेम्बर आन्तिमसम्म आफ्नो चलचित्र सहभागी गराउन पनि आह्वान गरिएको छ । जसका लागि फिल्मफ्रिवे डटकम तथा इमेलमार्फत तथा प्रत्यक्ष आयोजकको कार्यालयमा सम्पर्क गरेर पनि चलचित्र समावेस गर्न पाईने भएको छ । जसमा नेपाली तथा आदिवासी चलचित्र एवम् लघु चलचित्र र बृत्तचित्रलाई समावेस गर्न आह्वान गरिएको छ । यस्तै विधार्थीहरुले पनि महोत्सबमा आफ्ना छोटा चलचित्र सहभागी गराउन पाउने छन् । महोत्सबमा उत्कृष्ट चलचित्रहरुलाई प्रदर्शनसँगै अवार्डबाट सम्मानित पनि गरिने छ ।

यसपटकबाट अफ्रिकासँगै अन्तराष्ट्रिय समुह पनि थप गरिएको र अन्य देशका चलचित्र पनि महोत्सबमा देखाईने भएको छ । महोत्सबमा अफ्रिकन चलचित्रलाई विशेष महत्वका साथ प्रदर्शन र पुरस्कृत गरिने भए पनि अन्तराष्ट्रिय समुह अन्तर्गत विश्वका केही राम्रा चलचित्रलाई पनि समावेश गरेर प्रदर्शनी गरिने आयोजक पक्षको कथन छ ।

महोत्सब निर्देशन डब्बु क्षत्रीका अनुसार बिगत १४ वर्षदेखि यो महोत्सब आयोजना हुँदै आएकोमा कोभिडका कारण एक वर्ष भने आयोजना हुन सकेन । बिगत झै यसपटक पनि यो महोत्सबलाई तीन दिनसम्म आयोजना गरिने डब्बु क्षत्रीले जानकारी गराएका छन् । महोत्सब निर्देशक क्षत्रीका अनुसार यसपटक महोत्सबमा नेपालसँगै विदेशी चलचित्रकर्मीहरुको पनि जमघट हुने भएको छ । महोत्सबमा चलचित्र प्रदर्शन सँगै विभिन्न विषयमा चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तरक्रिया लगायतका विभिन्न कार्यक्रम रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.