नेपाली निर्माताको हिन्दि फिल्म प्रचारको लागी मिथुनका छोरा मेमो नेपाल आउने


काठमाडौँ। नेपाली निर्माता राजेश शाक्यको लगानीमा हिन्दि फिल्म ‘ओए भूतनी के’ निर्माण सम्पन्न भएको छ। हरर जनराको फिल्म क्रिसमसको अवसर पारेर डिसेम्बर २५ मा प्रदर्शनमा आउने तयारीमा रहेको छ। मिथुन चक्रवर्तीका छोरा मिमो चक्रवर्तीको मुख्य भूमिका रहेको फिल्मका निर्देशक अजय कैलाश यादव हुन्।

फिल्ममा मिमो चक्रवर्तीको साथमा रोहित सुर्यबंशी,आदित्य कुमार,अमित सिन्हा,डिना खान,निकिता शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। रोहित सुर्यबंसी फिल्मको प्रचार प्रसारका लागी केहिदिन अघि नेपाल आएका थिए। पाटनका स्थानिय राजेश शाक्यका अनुसार फिल्म फिल्म ‘ओए भूतनी के’ भारत नेपाल लगायत वर्ल्ड वाइड रिलिज हुनेछ। फिल्म निर्माण टिममा राजेश शाक्य सहित जसपाल सिंह,प्रविण सुर्यबंशी र नितिन तिवारी रहेका छन् । उनका अनुसार मिथुन चक्रवर्तीका छोरा मिमो चक्रवर्ती फिल्म रिलिजको समय नेपालमा दर्शक भेट्न आउनेछन्। नेपालमा फिल्मको प्रचार प्रसार सहित विभिन्न क्याम्पियनहरुको नेतृत्व प्रदीप सिंह थापाले लिएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.