अभिनेता श्रीकृष्ण श्रेष्ठलाई राष्ट्रिय सम्मान दिइने


(सेलिब्रेटी नेपाल) काठमाडौँ
एक सय बढी नेपाली चलचित्रमा अभिनय गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठको साउन २५ गते शनिबार राती भारतको दिल्लीस्थित उपचाररत मंगाराम अस्पतालमा बोन क्यान्सरका कारण निधन भयो। सरकारले अभिनेता श्रीकृष्ण श्रेष्ठलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ। सरकारले उनको अन्तिम बिदाइमा पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउने र नेपाल प्रहरीबाट सलामी दिने निर्णय गरेको हो । सरकारबाट प्राप्त सूचना अनुसार। सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले स्व. अभिनेता श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउने छन् भने नेपाल प्रहरीले स्व. श्रीकृष्णको शवलाई पशुपति आर्यघाटमा सलामी दिनेछ। श्रीकृष्णको शवलाई आज (साउन २७ गते) दिउँसो २ बजे नेपाल ल्याइदैछ।
Actor-shree-krishna
त्रिभुवन विमानस्थलदेखि शोक धुन बजाउँदै श्रीकृष्णको शवलाई अन्तिम श्रद्धाञ्जलीको लागि कमलादीस्थित प्रज्ञा भवन प्रतिष्ठानमा केही समय राखिनेछ। त्यसपछि साँझ पाँच बजे पछाडी पशुपती आर्यघाटमा नेपाल प्रहरीको सलामीबाट श्रीकृष्णलाई अन्तिम बिदाई गरिनेछ। एक महिना अगाडी मात्रै अभिनेत्री श्वेता खड्कासँग बिहे गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठको असमायिक निधनले सारा मुलुक शोकमा डुबेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.