नरेश पौड्यालको निर्देशनमा ‘सिलसिला’ बन्ने


काठमाडौँ। नरेश पौड्यालको निर्देशनमा चलचित्र ‘सिलसिला’बन्ने भएको छ। चलचित्र चुनौती,हिरो,धड्कन,अभिमन्यु,दीपशिखा जस्ता चलचित्रको निर्देशन गरि सकेका पौड्यालको निर्देशनमा बन्ने चलचित्र ‘सिलसिला’ को निर्माण सुप्रिम फिल्म्सले गर्नेछ। चलचित्रका निर्माता सुर्य श्रेष्ठ हुन्। प्रेमकथानक चलचित्रको हाल गीत रेकर्डीङ्गको कार्य भई रहेको निर्देशक पौड्यालले जानकारी दिए। चलचित्रमा तिन वटा गीत रहनेछन्। गीतमा योगेश काजी शाहको संगीत,रमेश जंग बिस्टको शब्द रचना रहनेछ।

माघ २१ गते वसन्त पन्चमीको शुभ अवसर पारेर छायांकनमा जाने तयारी रहेको चलचित्रको कलाकारहरुको छनोट हुँदै गरेको निर्देशक पौड्यालले बताए। चलचित्रमा केहि नयाँ तथा केहि पुराना कलाकारहरुको अभिनय रहनेछ। ‘सिलसिला’ नाममा डेढ दशक अघि चलचित्र बनेर सफल भएको थियो। चलचित्रमा विराज भट्ट र रेखा थापाको मुख्य भूमिका रहेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.