चलचित्र ‘तेल भिसा’ले कति शोज पायो ?


काठमाडौं । चलचित्र ‘तेल भिसा’ले मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ । शुक्रबार रिलिज हुने चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनले ४७ शो दिएको छ । ‘तेल भिसा’ले काठमाडौं उपत्यकामा २५ र उपत्यका बाहिर २२ शो पाएको हो ।

यो चलचित्रले आईएनआईमा ९, वान सिनेमाजमा ७, बिग सिनेमामा ४ शो पाएको छ ।

विपीन कार्की मुख्य भूमिकामा रहेको ‘तेल भिसा’मा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ । विपीन दोहोरो भूमिकामा छन् । केही विदेशी कलाकारले पनि चलचित्रमा अभिनय गरेका छन्, जसले कथालाई अझ वास्तविक बनाएको छ।

वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता ऋचा घिमिरे हुन्। सिनेमाको छायाङ्कन सुशन प्रजापतिले गरेका छन्। अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।

‘तेल भिसा’ शंकर घिमिरेले निर्देशन गरेको चलचित्र हो । यो चलचित्र अमेरिका र नेपालमा छायांकन गरिएको छ । अमेरिकामा रहेका नेपालीले पाउने दुःख यो चलचित्रको मुख्य कथा हो ।

Copyright © 2012 - 2026 | All Right Reserved.