‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को उपाधि ओसियन र उपासनाले जिते



काठमाडौं । सातौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को उपाधि ‘मिस्टर’ तर्फ विराटनगरका ओसियन जंग थापा र ‘मिस’ तर्फ धरानकी उपासना रमदामले जितेका छन् । विराटनगरमा भएको फाइनलमा दुबैले उपाधिसहित जनही ३० हजार रुपैंयाँ र विभिन्न पुरस्कार प्राप्त गरे ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा ‘मिस्टर’ तर्फ विराटनगरका असिम तिम्सिना ‘फस्ट रनर अप’, विराटनगरका आरोहण पोखरेल ‘सेकेण्ड रनर अप’, इटहरीका अर्मान जिमी ‘थर्ड रनर अप’, धरानका संगीत धमला ‘फोर्थ रनर अप’, विराटनगरका श्रीयांश थापा ‘फिफ्थ रनर अप’, विराटनगरका उनय राई ‘सिक्स्थ रनर अप’ र विराटनगरका आरभ राजवंशी ‘अर्गनाइजर्स च्वाईस विनर’ भए ।

त्यस्तै ‘मिस’ तर्फ विराटनगरकी स्मारिका दंगाल ‘फस्ट रनर अप’, विराटनगरकी रियांशा सापकोटा ‘सेकेण्ड रनर अप’, विराटनगरकी ग्रेसी कार्की ‘थर्ड रनर अप’, विराटनगरकी इशानी ढकाल ‘फोर्थ रनर अप’, विराटनगरकी जिज्ञासा निरौला ‘फिफ्थ रनर अप’, इटहरीकी निश्चिता लुंगेली ‘सिक्स्थ रनर अप’ र विराटनगरकी इशानी ढकाल ‘अर्गनाइजर्स च्वाई विनर’ घोषित भए ।

विजेता तथा उपविजेतालाई कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई, नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, कोशी प्रदेशको खेलकुद मन्त्रालयका सदस्य सचिव कृष्ण बस्नेत(पर्शुराम बस्नेत), नेकपा एमाले विराटनगर महानगर कमिटिका अध्यक्ष रोहित कोइरालाले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको निर्णायकमा मेन हण्ट इन्टरनेसनलका संस्थापक अनुप सक्सेना, हाउस अफ फेसनका संस्थापक, मोडल तथा प्रशिक्षक ओसिमा बनु, कोशी प्रदेशका पूर्व महान्यायधिवक्ता रुपेश कोइराला र हिसानका राष्ट्रिय उपाध्यक्ष भेषराज पोखरेल रहेका थिए ।

आयोजक जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले बालवालिकाहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको बताए । उनले जय मिडिया मेनेजमेन्टले निकट भविष्यमा गर्न लागेको विभिन्न प्रोजेक्टहरुमा विजेता तथा उपविजेतालाई सहभागी गराउने जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.