सुशीलाको ‘धेरै दिन’ मा यशराज र आकृति (भिडियो)


काठमाडौं । नयाँ नेपाली म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक गरिएको छ। यस गीतका रचनाकार तथा सङ्गीतकार महेश खड्का हुन् भने सुशीला बस्नेत तिमिल्सिनाको स्वर रहेको छ ।

मिनाक्षी कोइरालाको निर्देशनमा बनेको यसको भिडियोमा यशराज गराच र आकृति बस्नेतले अभिनय गरेका छन् । छायाङ्कन दिनेश पराजुलीले गरेका छन् भने नृत्य निर्देशन प्रशान्त मगरले गरेका छन् । प्रवीण भट्टको सम्पादन रहेको छ ।

गायिका सुशीला लामो समयदेखि संयुक्त राज्य अमेरिका बस्दै आएकी छन् । प्रवासमा रहेर पनि उनले नेपाली गीत–सङ्गीतलाई निरन्तरता दिएकी छन् । उनले अमेरिकामा हुने विभिन्न साङ्गीतिक कार्यक्रमहरूमा नेपाली कला र संस्कृतिलाई झल्काउने गीत–सङ्गीत प्रस्तुत गर्दै उनले नेपाली पहिचानलाई जीवन्त बनाइरहेकी छन् ।

गायिका तिमिल्सिनाले ‘धेरै दिन’ सार्वजनिक गर्दै दर्शकप्रति आभार व्यक्त गरेकी छन् । उनले अघिल्लो गीतमा प्राप्त माया र समर्थनप्रति धन्यवाद दिँदै यो गीतलाई पनि उत्तिकै माया दिन आग्रह गरिन् । उनले भनिन्, “मेरो सानो प्रस्तुतिले माया पाउनेछ भन्ने आशा गरेकी छु । सुझावलाई माया सम्झेर स्वीकार्ने छु ।”

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.