‘नेशनल किड्स अफ द इयर’ का विजेता थाइल्याडमा


काठमाडौं । ‘नेशनल किड्स अफ द इयर २०२४’का विजेता नभ्नी उलक, निशान उलक, केरिङ दोङ र प्रणय मानन्धर थाइल्याण्डमा छन् । बैंककमा यही नोभेम्बर ९ देखि १८ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्टस् २०२४’ मा हेरिटेज जेम्स विधामा नेपालको प्रतिनिधित्व गर्न उनीहरु शुक्रबार थाइल्याण्ड पुगेका हुन् ।

‘नेसनल किड्स अफ द इयर २०२४’ इभेन्ट बेटर ग्यालेक्सीकै आयोजनामा केही अगाडि सम्पन्न भएको थियो । इभेन्ट बेटर ग्यालेक्सीकैमा प्रमुख धीरज तण्डुकार हेरिटेज जेम्स विधाका लागि नेसनल डाइरेक्टरका रुपमा समेत रहेका छन् । हेरिटेज प्याजेन्टस् २०२४ अन्तर्गत सोही प्रतियोगिताका शो निर्देशक एवं अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, नृत्य निर्देशक लिजा श्रेष्ठ, इभेन्ट बेटर ग्यालेक्सीकै धीरज तण्डुकारको नेतृत्वमा थाइल्याण्ड पुगेका छन् ।

सहभागी बालबालिका मध्ये क्यारिङ दोङ नेसनल किड्स अफ द इयरका सिनियरतर्फका विजेता हुन् । निशान उलक फस्ट रनर अप हुन् भने प्रणय मानन्धर जुनियर तर्फका विजेता हुन् । नभ्नी भने सिनियरतर्फका मोष्ट डिसिप्लीन उपाधि विजेता हुन् ।

ट्यालेन्ट राउण्डको लागि तयारी निर्देशक लिजा श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए । सहभागीहरूको फोटो तथा भिडियो सेसन मोमेन्टो स्टुडियोले सम्हालेको थियो ।