गीतकार सन्तोष कुमार भट्टराई फेरी पनि मोडल


(सेलिब्रेटी नेपाल) काठमाडौँ
एन.आर. एन.तथा गीतकार सन्तोष कुमार भट्टराईको दोस्रो गीति एल्बम एउटा कथा २ माया गरेर…मा समाबेश प्रमोद खरेलको आवाजमा रहेको गीतको भिडियोको छायांकन सम्पन्न भएको छ। निर्देशक समन अधिकारीले निर्देशन गरेको भिडियोमा गीतकार स्वयम् सन्तोष कुमार र मोडल सुप्रिया कटुवालको अभिनय रहेको छ।
Nrn-santosh
महेश खड्काको संगीत रहेको गीतको भिडियोलाई शिव राम श्रेष्ठले खिचेका छन्। पहिले देखिको आफ्नो कलाक्रिताको रहर र गीत को भाव लाई बुझेर अभिनय गर्न सक्ने भएकोले आफैं अभिनय गरेको सन्तोषले प्रस्ट पारे। सन्तोष कुमार भट्टराईको पहिले गीति एल्बमको रुपमा जगदीश समालको सोलो आवाजमा जस नामक एल्बम बजारमा आएको थियो। गीतकारको रुपमा सन्तोषको एउटा कथा आएको थियो अब यो दोश्रो सोलो एल्बम हो। Santosh-bhattarai
धुलिखेलमा छायांकन गरिएको उक्त भिडियो अबको केहि सातामा बजारमा आउने गीतकार सन्तोषले जानकारी दिए। बिगत २३ वर्ष देखि जर्मनमा बस्दै आएका एन.आर. एन.तथा गीतकार सन्तोष कुमार भट्टराईको आफ्नै कम्पनी आर.बि.म्युजिक प्रोडक्सनले बजार ब्यबस्थापन गर्ने गीति एल्बममा जम्मा ६ वटा गीत रहनेछ,तुलसी पराजुलीले गाउनु भएको गीतको पनि भिडियो बन्ने क्रमममा रहेको छ। दिनेश गौतम,अन्जु पन्त,रामकृष्ण ढकाल ,मनोजराजको स्वर तथा संगीतकार बसन्त सापकोटा,तुलसी पराजुली अर्जुन नेपाली र शंकर थापाको संगीत रहेको छ। Santosh-supriya

Copyright © 2012 - 2026 | All Right Reserved.