जापानमा ‘ह्रस्व दीर्घ’को लोकप्रियता, १४ शहरमा टिकट सोल्ड आउट


काठमाडौं । कार्तिक ३० गतेदेखि नेपालमा रिलिजको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ले जापानका विभिन्न प्रमुख शहरहरूमा उत्साहजनक प्रदर्शनको तयारी गरिरहेको छ। नेपाली र भारतीय कलाकारहरूको अभिनयमा बनेको यस सिनेमा जापानका चौध शहरमा प्रि-रिलिज शोमै सोल्ड आउट भएको छ।

टोकियो, नारिता, नागोया, फुकुओका, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावा लगायतका ठूला जापानी शहरहरूमा दर्शकहरूको उच्च चासो पाइएको छ। नेपाली फिल्मले यसरी जापानजस्तो अन्तर्राष्ट्रिय बजारमा यस्तो समर्थन पाउनु पहिलो पटकको अनुभव हो।

निर्माण टिम हाल सिनेमा प्रमोसनमा पूर्ण सक्रिय छ। निर्देशक चन्द्र पन्तसहित सिनेमा टिम प्रचार प्रसारका लागि मिडिया र कार्यक्रमहरूमा उपस्थित भइरहेको छ। प्रचारले गर्दा सिनेमाको प्रतिक्षा नेपाली मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत बढ्दो छ।

नीता फिल्मस्को ब्यानरमा निर्माण भएको ‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। सिनेमामा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, सुनील वर्मा लगायतका चर्चित कलाकारहरूले अभिनय गरेका छन्। बलिउडका सिनेमाटोग्राफर कवीरलालको सिनेमाटोग्राफीले फिल्मलाई थप आकर्षक बनाएको छ।

‘ह्रस्व दीर्घ’ नेपाली, तेलगु, र हिन्दी तीन भाषामा रिलिज हुँदैछ। यसले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ दर्शक सम्म पुग्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.