नृत्यकार अवार्डको मनोनयन सार्बजनिक


नेपाल चलचित्र नृत्यकार संघले आयोजना गर्न लागेको नेपाल नृत्यकार सिने अवार्ड डिसिएको आइतबार सुन्धारस्थित काठमाडौ मलमा आयोजित कार्यक्रममा उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ। आगामी भदौको अन्तिम साता राजधानिमा आयोजना यस अवार्डमा लोकप्रिय चलचित्र ,क्रिटिक्स अवार्ड, र जुरी अवार्ड सहित कुल ३५ बिधामा अवार्ड वितरण गर्न लागिएको हो। लक्ष्मीनाथ शर्मा, नृत्य निर्देशक राजु शाह,बिजय रत्न तुलाधर,दयाराम दाहाल लगायतका निणार्यक टोलीले चलचित्र हेरर गरेको मुल्याङकका आधारमा उत्कृष्ट पाँच सुचि तयार गरिएको छ।
Dancer-cine-award
सार्वजनिक उत्कृष्ट पाँचको मनोनयनमा उत्कृष्ट अभिनेत्री तर्फ रेखा थापा, प्रियंका कार्की ,केकी अधिकारी , निता ढुंगाना र सुमिना घिमीरे परेका छन् भने उत्कृष्ट अभिनेता तर्फ आर्यन सिग्देल, सौगाल मल्ल ,दयाहाङ राई, नवल खड्का , बिरेन श्रेष्ठको प्रतिसप्रर्धा रहने देखिन्छ । भने चलचित्र तर्फ भने काली ,होस्टल, नाइ न भन्नु ल २ , ६ एकान ६ र महशुसका नाम समाबेश छन्।

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, जुरी सदस्य लक्ष्मीनाथ शर्माले लगाउतले अवार्डको बिषयमा आफ्नो धारण राखेका थिए।

Copyright © 2012 - 2026 | All Right Reserved.