आजबाट ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा


काठमाडौं। चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आज बिहीबारबाट प्रदर्शनमा आएको छ । तिहारको छेको पारेर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आएको हो । गन्धर्व समुदायका बाबु र छोराको ‍सम्बन्धको कथा भन्ने चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटा लगायत कलाकारको मुख्य भूमिका छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदीकाे लगानीमा बनेको चलचित्रमा कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् ।

बिहिबारका लागि राम्राे साेज पाएकाे चलिचत्रले त्यसपछिका दिनका लागि भने वर्डअफ माउथमा निर्भर रहनु पर्ने देखिन्छ । यद्यपि प्रचार सामग्री र निर्माण पक्षको दावी अनुसार भन्ने हो भने चलिचत्रले नेपाली पनकाे कथा बाेल्ने भएकाले दर्शककाे मन जित्न सफल हुने देखिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.