अनमोल को सिनेमा ‘जेरी अन टप’ को शुभमुहूर्त


काठमाडौं । अनमोल केसी स्टारर सिनेमा ‘जेरी अन टप’ को शुभमुहूर्त गरिएको छ । ललितपुर पाटन स्थित बङ्गलामुखी मन्दिरमा सोमबार शुभमुहूर्त गरिएको हो ।

सिनेमाको प्रमुख कलाकारमा भुवन केसी, बिपना थापा, अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, सुरक्षा पन्त, केदार घिमिरे (माग्ने बुढा) निर्मल शर्मा रहेका छन् ।

सिनेमामा अनमोलको बुवाको भूमिकामा स्वयम भुवन केसी देखिनेछन् भने आमाको भूमिकामा बिपना थापा खेल्ने छिन् । सुयोग गुरुङको निर्देशनमा बन्न लागेको सिनेमा मुहुर्त संगै फ्लोरमा गएको छ ।

सिनेमाको निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रविन शेरचन र रामकृष्ण श्रेष्ठले सघाएका छन् । यसको एसोसिएट निर्माता ओम अग्रवाल र विवेक थापा हुन् । रीतसिंह बोहरा मुख्य सहायक निर्देशक छन् । उज्जल जोशीको छायांकन रहने सिनेमामा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.