काजल र राजीवको प्रेम कहानी मैथिली गीत ‘माने ना जिया’ (भिडियो)


काठमाडौँ। त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सुमित मलिक र कृशला चौधरीको आवाज रहेको छ । गीतको श्याम किशोर मण्डलले लेखेका हुन् भने प्रशान्त अरविन्दले थप शब्दहरू समेटेर गीतलाई जीवन्तता दिएका छन्। सुमित मलिकले नै गीतलाई कम्पोज गरेका छन्। गीतमा सुयोग महतोको संगीत संयोजन रहेको छ।

काजल कर्ण र राजीव समरको जोडीलाइ भिडियोमा अन स्क्रिन रोमान्स, संघर्ष, प्रेमलाइ देखाइएको छ। मन्दिरको पेटीमा बसेर फुल पाती बेचनेको चरित्रमा देखिएकि काजल संग चेक सर्ट माथि गम्छा भिरेका राजीव समरको प्रेमको कथा भिडियोमा देखाइएको छ ।

‘माने ना जिया’ नामक मैथिली गीतको भिडियोमा सागर यादवको सिनेमाटोग्राफी , सुप्रिम पराजुलीको सम्पादन र कलर संयोजन रहेको छ । गीतको निर्माता काजल कर्ण हुन् भने राहुल कर्ण सह-निर्माताको रुपमा छन्। निर्देशन र कोरियोग्राफी राजीव समरको रहेको यस भिडियोले मैथिली संगीतमा एउटा नयाँ आयाम थप्ने प्रयास गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.