कलाकारितामा जम्ने जमर्कोमा बिबश


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली कलाको क्षेत्र अझै फराकिलो हुँदैछ यस प्रति युवा पुस्ताको पनि रुचि बढी रहेको छ। बलियुडमा आफ्ना छोरा छोरीलाई कलाकारितामा प्रवेश गर्न प्रेरित गरिन्छ। तर हाम्रोमा यो क्षेत्रलाई राम्रो नजरले हेरिन्न अब बिस्तारै यो सोचमा परिवर्तन हुन थालेको छ। यसै क्रममा एक युवा प्युठान बाट दांग झरेर हाल काठमाडौँमा मोडलिंग तथा एक्टिंगमा संघर्ष गर्दै आफ्नो अध्ययनलाई पनि अघाडी बढाई रहेका बिबश पाण्डे आरम्भ थिएटर्सबाट १ वर्ष देखि एक्टिंग र डान्स सिकिरहेका बिबश सिनेमामा नायक को रुपमा डेब्यु गर्नको लागि राम्रो निर्माता र ब्यानरको खोजीमा रहेका छन्।
Bibash-pane-model
आधा दर्जन भिडियोमा काम गरि सकेका बिबशलाई अभिनयमा सानै देखिको रुची रहेछ सानोमा स्कुलको कार्यक्रमहरुमा भाग लियर आफ्ना स्कुले साथी हरु लाई रमाइलो गराउने गरेका उनि अब नेपाली चलचित्रका दर्शक लाई मनोरंजन गराउने योजना बनाई रहेका छन् घर परिवारबाट यो क्षेत्रमा लाग्नको लागि राम्रो सपोर्ट नभय पनि सफलता संगै परिवारको साथ प्राप्त हुने उनि थप्छन। उनले हालै मात्र फोटो शुट पनि गराएका छन्। उनको फोटोहरु बाट उनले राम्रै प्रतिक्रिया पनि पाई रहेका छन्।