अमेजन प्राइममा नेपाली सिनेमा ‘अनौठो तृष्णा’


काठमाडौँ। नेपाली सिनेमा ‘अनौठो तृष्णा’ अन्तर्राष्ट्रिय ओटिटी प्लाटफर्म अमेजन प्राइम भिडिओमा रिलिज हुने भएको छ। मंगलबार अक्टोबर ८ मा यो फिल्मको वर्ल्ड प्रिमियर हुन लागेको हो।

निरञ्जन प्रधानको निर्देशन रहेको यो फिल्ममा देशभक्त खनाल,विजय बराल, महेश त्रिपाठी, सृष्टि खड्का, अलिसा शर्मा, विकास लामिछाने,नवीन न्यौपाने, आदि कलाकारहरूको अभिनय छ।

क्राइम तथा सस्पेन्स जनराको यो फिल्मको कथा बाबुराम निरौलाले लेखेका छन्। स्टर्म क्रो प्रोडक्सन नेपाल र स्टर्म क्रो फ्रेमवर्क अस्ट्रेलियाको निर्माणमा बनेको फिल्मको निर्माणमा सुगम आचार्य र निरन्जनले सहकार्य गरेका छन्।

फिल्म निर्माण टिमदेखि सम्पूर्ण कलाकार नेपाली भएको अनौठो तृष्णा चर्चित ओटिटी प्लाटफर्ममा संसारभरका दर्शकले एकै पटक हेर्न पाउनु नेपाली कलाकारका लागि ठूलो अवसर भएको निर्माता आचार्यले बताए ।

Copyright © 2012 - 2026 | All Right Reserved.