‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने


काठमाडौँ। डिसेम्बर २५ गते नेपालमा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ। नेपाली टच-नेपालले ह्यात रिजेन्सी होटलमा आइतबार एक कार्यक्रमका बीच ‘सोनु निगम लाइभ इन नेपाल’को औपचारिक घोषणा गरेको हो।

नेपाली टचले विगत १५ वर्षदेखि अष्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेकोमा नेपालमा पहिलो पटक सांगीतक कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा बोल्दै ‘नेपाली टच ‍नेपाल’का प्रमुख राजकुमार गोस्वामीले अष्ट्रेलियामा कार्यक्रम गर्दै आइएकोमा नेपालमा पनि सोही अनुसार कार्यक्रम गर्ने योजना अनुसार सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए।

‘हामीले विगत १४-१५ वर्षदेखि अष्ट्रेलियामा कार्यक्रम गरिरहेका छौं। आफ्नै देशमा किन इभेन्टहरु नगर्ने भनेर नेपालमा एउटा इभेन्ट गर्ने कोशिस गरेको हो’, उनले भने ‘हामीले एउटा कार्यक्रम गरायौं भने नेपालसँग अन्तर्राष्ट्रिय कलाकारलाई जोड्ने माध्यम बन्छ। यहाँको सँगै बलिउडको कलासंस्कृतिलाई जोड्ने यो महत्वपूर्ण माध्यम हुनेछ । यसले नेपाली पर्यटनमा पनि सहयोग गर्ने आशा हामीले राखेका छौं ’

गोस्वामीले क्रिसमसमा हुने कार्यक्रमका लागि आजैबाट टिकट बिक्री सुरु भएको घोषणा पनि गरे। कार्यक्रममा सहभागी हुन चाहनेले कार्यक्रमको औपचारिक टिकट विक्रेता इसेवामार्फत टिकट किन्न सक्नेछन्। कार्यक्रमका लागि चार प्रकारका टिकटको व्यवस्था गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.