विसीको ‘मुटुमै गाँसेको साइनो’


काठमाडौं । टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।

विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ । प्रकाश खडकाको छायांकन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्तको अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.