सुदन गैह्रेको स्वरमा ‘दशैंको सम्झना’ सार्वजनिक (भिडियो)


काठमाडौँ। नेपालीहरुको महान चाड दशैं आउनै लाग्दा दशैँका गीतहरु सार्वजनिक हुने क्रम बढेका छन्। यसै क्रममा दशैं गीत ‘दशैंको सम्झना’ सार्वजनिक गरिएको छ। सुदन गैह्रेको स्वरमा रहेको गीतमा शब्द रचना राधा पौडेलको र संगीत देवेन्द्र बरालको रहेको छ। मौलिक शब्दहरु समाबेश गीत यथार्थ परक छ। बिश्व अधिकारीले संगीत संयोजन गरेको गीतको भिडियोको सम्पादन र कलर बिष्णु खड्काले गरेका हुन्।

आकाशैमा टह टह, जुन लागेको बेला
गैरी खेतमा लह लह,धान झुलेको बेला
सुनाखरी बुकी फूल तितेपाती फुल्दा
प्यारो लाग्थ्यो दशैं मलाई मेरै गाउँ डुल्दा यस्ता शब्दहरुले गीतलाई मिठास दिएको छ। चितवन जिल्लामा जन्मिएर बिगत दुइ दशक देखि अमेरिका बस्दै आएका राधा पौडेलको शब्दले धेरै दर्शक श्रोताको मन छुने निर्माण टिमले बिस्वाश गरेको छ । राधा पौडेलको थुप्रै पुस्तक समेत प्रकाशन भई सकेका छन्। थुप्रै सामाजिक संघ संस्थामा आवद्ध पौडेलले तीज गीत पनि सार्वजनिक गरेकी थिइन्। पौडेलको रचनाहरुमा धेरैजसो समाजका विसंगति र विकृतिका बिरुद्द आवाज उठाउँदै गरेका र केहि सन्देश मुलक विचारहरू पनि पाइन्छन्। गायक सुदन गैह्रेको स्वरमा थुप्रै गीतहरु सार्वजनिक भई सकेका छन्। सुदन परदेशमा रहे पनि नेपाली गीत संगीतमा सक्रिय छन्। दशैं गीत राइट ट्युन इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.