काडांघारी सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने


काठमाडौँ। काडांघारी सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ। शुक्रवार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महोत्सव बारेमा जानकारी दिइएको हो। महोत्सव आगामी कार्तिक २ गते देखि सम्म काडांघारी चौकी संगै, सनसिटि पछाडी हुनेछ। आर्या मिडिया प्रा.ली.को आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुपको ब्यबस्थापनमा संचालन हुने हुने महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शनी,ख्यातीप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति,एसियाकै उत्कृस्ट बाल उद्यान,सांस्कृतिक व्यापार तथा पर्यटकीय प्रदर्शनीहरु हुने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा कार्यक्रमका आयोजक टिम संगै गायक डिजराज पौडेल,गायक डेबिड शंकर,गायिका सरु गौतम,गायक कर्णराज गिरि लगायतको उपस्थिति रहेको थियो। थुप्रै जिल्लामा सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको सफल आयोजना गरि सकेको संस्थाले काडांघारी सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव पनि भब्य रुपमा सम्पन्न पार्ने लक्ष्यका साथ तयारी सुरु गरेको जानकारी दिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.