समाजको यथार्थ चित्रण सम्बोधन लाई संचार मन्त्रीको सम्बोधन


(सेलिब्रेटी नेपाल) काठमाडौँ
हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर भाद्र ६ गते बाट सार्बजनिक प्रदर्शनमा आउन लागेको चलचित्र सम्बोधनले आज राजधानीमा रहेको कुमारी हलमा एक कार्यक्रमको आयोजना गरि आफ्नो गीत र ट्रेलर सार्बजनिक गरेको छ। पहिलो चलचित्र होस्टेल बाट राम्रो तारिफ पाएका हेम राज बि. सी.ले निर्देशन गरेको चलचित्र सम्बोधनमा दयाहांग राई.नम्रता श्रेष्ठ बिनय भट्ट,सुलेमान शंकरको मुख्य अभिनय रहेको छ। राजनीतिक र समसामयीक कथामा निर्माण भएको चलचित्र ‘सम्बोधन’ ले समाजको यथार्थ चित्रण गरेको कुरा निर्देशक हेम राजले बताए।
Minendra-rijal-hemrajकार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राज कुमार राईले चलचित्र युनिटलाई सुभकामना प्रदान गरे। कार्यक्रमका प्रमुख अतिथिका रुपमा आएका सूचना तथा संचार मन्त्रि डा.मिनेन्द्र रिजालले चलचित्र राम्रो व्यापार गरोस भन्ने सुभकामना दिंदै उनले आफु बाल्य कालमा चलचित्र खुबी हेर्ने गरेको र अहिले हेर्ने अवसर नपाउने भएकोले सिनेमाको बिषयमा बोल्नु त्यति सहज नहुने भन्दै चलचित्र क्षेत्रको बारेमा धेरै बोल्न चाहेनन् सरोज न्यौपाने र बिष्णु लामाको संयुक्त लगानीमा निर्माण भएको चलचित्र ‘सम्बोधन’ ले दर्शक मन जित्न सक्ने मा निर्माण युनिट बिस्वस्त देखिएको छ।
Movie-sambodhan-team

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.