‘यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४’ (इन्फा) लण्डनमा सम्पन्न


काठमाडौँ। ‘यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४’ (इन्फा) लण्डनमा सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित कार्यक्रमका बीच उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषण गरिएको हो । अनमोल केसी चलचित्र ‘फर्की फर्की’ बाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारी ‘प्रसाद २’ बाट सर्वोत्कृष्ट अभिनेत्री ठहरिएका छन् ।

नेपाली चलचित्र क्षेत्रको अन्र्तराष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन हेतु आयोजना गरिएको इन्फा अवार्डमा ‘जारी’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । सर्वोत्कृष्ट कथा÷पटकथाको अवार्ड ‘दिमाग खराब’ बाट आकाश बरालले हात पार्दा ‘प्रसाद २’ बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र ठहरिएका छन् । सर्वोत्कृष्ट छाँयाकार ‘प्रसाद २’ बाट राजेश श्रेष्ठ, ‘फर्की फर्की’ बाट सुरेन्द्र पौडेल सर्वोत्कृष्ट सम्पादक, प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार ‘बोक्सीको घर’ (बुझिन मैले), कालि प्रसाद बास्कोटा सर्वोत्कृष्ट पाश्र्वगायक चरी बस्यो (जारी), समिक्षा अधिकारी ‘बोक्सीको घर’ (बुझिन मैले) सर्वोत्कृष्ट पाश्र्वगायिका, सर्वोत्कृष्ट नृत्य निर्देशक ‘पुजार सार्की’ बाट शिशिर (दर्शन गरें) ले अवार्ड हात पारेका छन् ।

बर्ष २०२४ को पप्पुलर अभिनेताको अवार्ड दयाहाङ राईले फिल्म ‘जारी’ बाट हात पारेका छन् भने यही फिल्मबाट मिरुना मगरले पपुलर अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । सर्वोत्कृष्ट अभिनेता जुरी तर्फ ‘पुजार सार्की’ बाट प्रदीप खड्का र सुपला सापकोटा ‘बोक्सीको घर’ बाट अभिनेत्रीको अवार्ड जित्न सफल भएका छन् । पब्लिक च्वाईस तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्डमा पल शाहले जित्न सफल हुदाँ सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरुङ ठहरिएकी छिन् । यता पर्फमर अफ दि एयरको अवार्ड मोडल तथा डान्सर शुशान्त खत्रीले जीत्दा इन्करेजमेन्ट अवार्ड फिल्म ‘लण्डन टु पेरिस’ बाट गरिमा शर्माले हात पारेकी छिन् ।

यता लाईफटाईम एचिभमेन्ट अवार्डबाट नेपाली फिल्म क्षेत्रमा लिजेन्ड्री एक्टर भुवन केसी सम्मानित भएका छन् । यति नेपाली एसोसियसन, युकेको आयोजना संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा अवार्ड सम्मन भएको हो । वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेरप्रतिस्पर्धा भएको इन्फा अवार्ड विदेशी भुमिका आयोजना भएको अवार्डहरु मध्ये सबैभन्दा भव्यरुपमा सम्पन्न भएको कोर्डिनेटर मनिष कार्कीले जानकारी दिएका छन् । इन्फा अर्को बर्ष समेत यही मितिमा आयोजना गरिने कार्कीले बताए । अवार्ड समारोहमा केकी अधिकारीले बुझिन मैले, अनमोल जसिताले फर्की फर्की, शिल्पा मास्केले गैरी खेतको र आज हाम्रो भेट भएको दिन, शुशान्त खत्रीले नेपाली गीतको कलेक्सनमा, गरिमा शर्मा, भुवन केसी, जिया केसी र गौरी मल्ल, आर्जन पाण्डेले आफ्नो गायन प्रस्तुति दिएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.