९ वटा सिनेमाहल बीच इन्टर सिनेमाज फुटसल कम्पिटिसन हुने


रघुनाथ सापकोटा

काठमाडौँ। मानिसहरु बिभिन्न खेलहरुमा रुचि राख्छन् । आजको फिटनेस हाटबजारले मानिसलाई स्वास्थ्यको लागि चल्नुपर्छ, पसिना बगाउनुपर्छ भन्ने कुरा धेरै नै सिकाएको छ । अबश्य पनि मानिसले चल्नुपर्छ, शरीरलाई चलाउनुपर्छ । एउटा उमेरमा मानिसहरु रहरले खेलमा रुचि राख्ने गर्छ्न् भने अधिकांश मोटाएको आभास भएपछि फिट हुनकै लागि खेल खेल्न शुरु गर्छ अनि कति त आफू खेलकूद खेलेरै फिट भएको महशूस गर्छन् । पछिल्लो समय फुटसलको क्रेज व्हात्तै बढेको छ। धेरले फिट रहनैको लागी फुटसल खेल्ने गरेका छन्।

विभिन्न क्षेत्रमा कार्य गर्नेहरु बीच बेला बेला फुटसल कम्पिटिसनहरु पनि हुने गरेका छन्। नेपालमा पहिलो पटक सिनेमाहलहरु बीच फुटसल कम्पिटिसन हुने भएको छ। यहि असोज ६ गते देखि ८ गते सम्म काठमाडौँमा आयोजना हुने कम्पिटिसनमा काठमाडौँका ९ वटा सिनेमाहलले सहभागिता जनाएका छन्। बिग मुभिज,बिएसआर मुभिज,सिके सिनेमा,एफक्युव,आइएनआइ सिनेमाज,किर्तिपुर सिनेप्लेक्स,वन सिनेमाज,क्युएफएक्स सिनेमाज र रन्जना सिनेप्लेक्सले प्रतियोगितामा सहभागिता जनाएका छन्। मनेन्ट भेन्चर्सले आयोजना गरेको प्रतियोगिता ढुकु स्पोर्ट्स हबमा हुनेछ।

मनोरञ्जन उद्योगमा निर्णायक भूमिका खेल्ने संस्थाहरू बीच प्रतिस्पर्धाले सिनेमा हलहरू बीच रमाइलो, प्रतिस्पर्धा र नेटवर्किङको कार्यमा थप मद्दत पुग्ने कार्यक्रम संयोजक शशांक मान सिंहले बताए। यो कार्यक्रमलाई यस बर्ष भब्य र सभ्य रुपमा सम्पन्न गर्ने र आगामी बर्षहरुमा निरन्तरता दिने पनि संयोजक सिंहले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.