उजनको ‘मेरी चन्द्रमा’ मा किरण र अञ्जना (भिडियो)


काठमाडौं । गायक उजन शाक्यको स्वर र संगीतमा रहेको गीत ‘मेरी चन्द्रमा’ को भिडियो सार्वजनिक गरिएको छ । प्रकृति फिल्मस्को प्रस्तुती रहेको गीतमा जेनिस कार्की र डेबिन चौधरी निर्माता छन् ।

गीतको भिडियोमा किरण श्रेष्ठ, अञ्जना बराइली र कुन्दन थारु छन् । किरणकै कन्सेप्ट, कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा कोरस डान्सरका रुपमा निरु सिन्जाली मगर, सोफिया गोले तामाङ, प्रबिना श्रेष्ठ, रिजा पाख्रिन, विष्णु मोक्तान, पुष्पा बम्जन, सुप्रिया मगर र सोइसा तामाङ छन् ।

नाट्य अभिनयमा सक्रिय किरणले फिल्म ‘पर्खी बसें तिमीलाई’बाट नेपाली फिल्ममा पाइला चालेका थिए । यो फिल्मपछि उनले ‘दान्भी’मा अभिनय गरेका छन् ।

किरण श्रेष्ठ युटुब च्यानलबाट सार्वजनिक भिडियोमा शरद महतोको डीओपी, कृष्ण भण्डारीको सम्पादन र कलर रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.