सिनेमा ‘खुस्मा’को ट्रेलर सार्वजनिक


काठमाडौँ। अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर सिनेमा ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो ।

सिनेमाको चार मिनेट लामो ट्रेलर रिलिज पश्चात धिरजको जन्मदिनको केक काटेर सेलिब्रेसन समेत गरिएको थियो । सिनेमाको ट्रेलरले जनयुद्धको प्रभावका बावजुद अकुंराएको एक जोडीको प्रेम र गाउँमा माओवादी सशस्त्र द्धन्द्व बढेपछि गाउँबाट वेपत्ता श्रीमानको प्रतिक्षामा रहेकी श्रीमती तथा परिवारको कथा उठाएको बुझिन्छ ।

धिरज र उपासनालाई प्रेमी-प्रेमीकाको रुपमा प्रस्तुत गरिएको सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकको मन जित्ने देखिन्छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.