प्रतियोगितात्मक ’राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना हुने


काठमाडौं। ख्यातिप्राप्त अभिनेता, रंगकर्मी तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले राजधानीमा भव्यतापूर्वक राष्ट्रिय नाटक महोत्सव २०८१ आयोजना गर्ने भएको छ ।

कार्यक्रमबारे जानकारी दिन सोमबार पूरानो वानेश्वरस्थित रिमालको निवास प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा स्व. हरिप्रसाद रिमालको शतवार्षिकीको अवसर पारेर प्रतियोगितात्मक ’राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव एवं अभिनेता, रंगकर्मी तथा स्व. रिमालका चेला सम्राट सापकोटाले जानकारी गराए। उनका अनुसार महोत्सव राजधानीमो जमलस्थित राष्ट्रिय नाचघरमा आगामी भदौ ३० गते शुरु भई असोज २ गते समापन हुनेछ।

हाम्रो नाटकको जुरीले प्रतिस्पर्धाका लागि आएका नाटकमध्ये छ ओटा नाटक प्रदर्शनको अनुमति दिएको छ। सोअनुसार ती नाटक प्रदर्शन गरी उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गर्नेछौं । पहिलो पुरस्कारस्वरुप एक लाख रुपैयाँसँगै ट्रफी र सम्मानपत्र हुनेछ। दोस्रो पुरस्कार ५० हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र हुनेछ। तेस्रो पुरस्कार २५ हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र हुनेछ। साथै उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। प्रत्येक नाटकको अवधि एक घण्टाको हुनेछ पत्रकार सम्मेलनमा सापकोटाले जानकारी गराए।

उनका अनुसार कलाकर्मी र सञ्चारकर्मीलाई प्रतिष्ठानले प्रदान गर्दै आइरहेको सम्मान पनि सोही कार्यक्रममा प्रदान गरिनेछ। यसपटक २०७९ र २०८० साल गरी दुई वर्षको सम्मान एकैपटक प्रदान गरिने छ । कुल आठजनालाई प्रदान गरिने ती सम्मानको राशी ३१ र २१ हजार रुपियाँ हुने पनि उनले जानकारी गराए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.