एक्सन थ्रिलर चलचित्र ‘डिएनए’ को फस्टलुक सार्वजनिक


काठमाडौं। हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्न लागेका अभिनेता सुधन पोखरेलले प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका छन्, जहाँ पौराणिक वस्तुलाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको छ। पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्।

यस चलचित्रको छायाङ्कन भने आउँदो फाल्गुनमा सुरु गर्ने योजना रहेको छ। छायाङ्कनमा जानु अघि यस चलचित्रमा प्रमुख भूमिका निभाउन लागेका अभिनेता पोखरेललाई सबै पक्षबाट तयार पारिने निर्देशक चानस पुन मगरले बताए। अन्य कलाकारहरूको जानकारी केही समयपछि दिइने चलचित्रका निर्माता कुमार भास्करले बताए।

चलचित्र निर्माण कम्पनी फोनिक फ्लिकको ब्यानरमा बन्ने यो चलचित्रको छिट्टै टिजर सार्वजनिकको पनि तयारी गरिएको छ। यो चलचित्र पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुने, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने निर्देशक चानस पुन मगरले जानकारी दिए।

चलचित्र ‘डिएनए’ लाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन्। चलचित्र निर्माण फोनिक फ्लिकले गर्नेछ भने बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य रहनेछ। पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई फरक अनुभूति दिलाउने अपेक्षा गरेको अर्का निर्देशक मणि रत्न त्रिपाठीले बताए।

चलचित्रमा राजु तामाङको एक्सन निर्देशन रहनेछ। सुशान्त केसी र प्रशान्त योगीले छायाङ्कन गर्नेछन् भने सहायक छायाकार यज्ञलाल ज्ञवाली हुन्। मानस्वी मालाकारको सङ्गीत, चिरायु पौडेलको मुख्य सहायक निर्देशन, गणेश क्षेत्रीको सम्पादन, बर्षा क्षेत्रीको कस्ट्युम डिजाइन, सुदीप पाण्डेको रङ्ग संयोजन, सुदिल धितालको साउन्ड डिजाइन तथा ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहनेछ। चलचित्रका निर्माता कुमार भास्कर हुन् भने एसोसियट निर्माता आशिष पुडासैनी र कार्यकारी निर्माता बिकाश भण्डारी हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.