चलचित्रकर्मीहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण


काठमाडौँ। ललितपुरमा रहेको लन्जेटिभी हेल्थ होमले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आजीवन निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको छ । शनिवार चलचित्र निर्देशक समाजको सहकार्यमा चक्रपथको चापाँगाउँ जाने बाटोमा अवस्थित हेल्थ होममा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा उक्त घोषणा गरिएको हो ।

शनिवार एक सय जनाभन्दा बढी फिल्मकर्मीहरुको उपस्थितिमा ५६ जना कलाकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । ‘स्वास्थ्य शिविरमा सहभागि भएर स्वास्थ्य परीक्षण गर्ने सबै जना धेरै खुशी हुनु भयो, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले भने । ललितपुरको चापागाउँ दोबाटोस्थित लन्जेटिभी हेल्थ होममा दिउँसो १ बजेसम्म सञ्चालित स्वास्थ्य शिविर आफूले सोचेको भन्दा सफल भएको संयोजक रविन्द्र खड्काले बताए ।

निर्देशक समाजका अध्यक्ष पराजुलीका अनुसार शनिवार प्रतिव्यक्ति करिव पाँच हजारदेखि १५ हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै उपचारसमेत गरिएको थियो । समारोहमा निर्देशक समाजको सिफारिसमा दुई वर्षसम्म लन्जेभिटी हेल्थ होमले चलचित्रकर्मीहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा अन्य उपचार विधि तथा औषधिहरुमा २० प्रतिशत छुट दिने सम्झौता गरिएको छ ।

शनिवार बिहान ८ बजेदेखि प्रारम्भ भएको स्वास्थ्य शिविरको सभापतित्व चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले गरेका थिए । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका सल्लाकार राजकुमार राई, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कार्यक्रमका संयोजक रविन्द्र खड्का तथा लन्जेभिटी हेल्थ होमका सञ्चालक कृष्ण शाही अतिथिको रुपमा रहेका थिए । स्वास्थ्य शिविरमा निर्देशकहरु मनोज पण्डित, मिलन चाम्स, ऋषि लामिछाने, कलाकार किरण केसी आदिको उपस्थिति रहेको थियो ।

तस्विर: बद्रि थापा

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.