धिरज र उपासनाको ‘खुस्मा’ जापान र कोरिया राइट्स विक्रि


काठमाडौँ। संविधान दिवसको अवसर पारे असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘खुस्मा’को जापान र कोरिया राइट्स विक्रि भएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सेयर गर्दै सिनेमाको यी दुई देशको प्रदर्शन अधिकार बिक्रि भएको जानकारी दिएको हो ।

सिनेमाको जापान प्रदर्शन अधिकार खुर्पेटो प्रोडक्सनले किनेको छ । सिनेमाको गीत र टिजर रिलिज पश्चात दर्शकमाझ हाइप उच्च बनेको छ । जसको फाइदा सिनेमाको विदेश राइट्मा भैरहेको निर्देशक अशोक थापा मगरले बताए ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो ।

सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।

सिनेमामा धिरज मगर,उपासना सिंह ठकुरी, माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.