अब आइटम बन्ने पालो चित्रांगदाको


बलिउड अभिनेत्री चित्रांगदा सिंह पनि आइटम डान्सर बन्‍ने भएकी छन्। बलिउडमा चल्तीका निर्देशक सञ्‍जयलीला भन्साली अहिले अक्षय कुमारलाई लिएर नयाँ चलचित्र ‘गब्बर’ बनाउँदैछन्। समाचार स्रोतका अनुसार यस चलचित्रमा आइटम नम्बर कसलाई गराउने भन्ने विषयमा चित्रांगदाको नाम तय भएको छ। ‘गब्बर’ तमिल चलचित्र ‘रमना’ को रिमेक हो। सन् २०१५ को सुरुवातमा रिलिज गर्ने लक्ष्य रहेको यस चलचित्रमा अक्षय कुमार, श्रुति हसन, सोनु सुद, प्रकाश राजलगायतका कलाकारको अभिनय रहेको छ।
Cchitrangada-singh
‘हजारों ख्वाहिशें ऐसी’ बाट बलिउडमा आफ्नो करियर सुरुवात गरेकी चित्रांगदाले यस चलचित्रको आइटम गीतमा ठुमका लगाउने भएकी छन्। यसअघि अक्षय र चित्रांगदा चलचित्र ‘देशी ब्वाइज’ मा सँगै देखिएका थिए। अक्षयको निर्माणमा बनेको चलचित्र ‘जोकर’ मा पनि उनीहरूले सँगै काम गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.