चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त


काठमाडौं- चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डिसी) नियुक्त भएका छन्।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

बोर्ड अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव एवं बोर्डका सदस्य सचिव राजेश कुमार थापाका अनुसार फिल्म निर्देशक तथा सञ्चारकर्मी डिसी, फिल्म निर्देशक दीपा पाण्डे बस्नेत र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम सिफारिस भएको थियो।

सिफारिस समितिले उनीहरूको नाम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङसामु सिफारिस गरेको थियो। समितिले सिफारिस गरेकामध्ये मन्त्रिपरिषद बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो।

यसअघि बोर्ड अध्यक्ष अभिनेता एवं निर्माता भुवन केसी थिए।

Copyright © 2012 - 2026 | All Right Reserved.