प्रिमियरमा रुचाइयो चलचित्र ‘सतीदेवी’, मौलिक कथालाई माया गर्न अधिकांशको सुझाव


काठमाडौँ- शुक्रवार अर्थात् भदौ ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘सतीदेवी’लाई प्रिमियरमा प्रशंसा मिलेको छ । मङ्गलवार साँझ काठमाडौँको बिग मुभिजमा भएको प्रिमियरमा सहभागी अधिकांशले चलचित्रको प्रशंसा गरेका हुन्।

प्रिमियरमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, पूर्व आइजिपी सर्वेन्द्र खनाल, मिरुना मगर, चैत्यदेवी सिंह, अभिनेता सलिनमान बनिया, सलोन बस्नेत, निर्देशन दीपेन्द्र लामा, ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, अशोक शर्मालगायतका चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।

चलचित्र हेरेका दर्शकले फिल्मले लैङ्गिक समानताको पक्षमा सामाजिक सन्देश दिएको धारणा व्यक्त गरे। विशेष गरेर लक्ष्मण सुवेदीको निर्देशकीय पक्ष तथा अभिनेत्री मलिका महतलगायत कलाकारहरूको खुलेर प्रशंसा गरे ।

छोरीको कथामा निर्माण भएको चलचित्रमा छोराको आशामा बहकिएका बाबु र त्यसले परिवार र समाजको विकृत रुपर्ला देखाइएको छ । यद्यपि चलचित्रले बाबु आमा र सन्तान बिचको सम्बन्धलाई पनि उत्तिकै केलाउने प्रयास गरिएको छ। यस कथालाई प्रिमियरमा उपस्थित दर्शकले प्रशंसा गर्नका साथै नेपाली मौलिक कथालाई माया गरेर हलसम्म आउन पनि आह्वान गरेका छन् ।

फिल्ममा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, ईश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।

दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीकै पटकथा र संवाद छ । दिलासा र साराको प्रस्तुति रहेको फिल्मको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.