कंगना रनावत र्‍याम्पमा जादु चलाउँदै


(सेलिब्रेटी नेपाल) मुम्बई
फेसन आइकनका रूपमा परिचित बलिउड अभिनेत्री कंगना रनावत र्‍याम्पमा जादु चलाउँदैछिन्। बलिउडकी ख्यातिप्राप्त फेसन डिजाइनर अञ्जु मोदीको सिर्जना समेटिएको ‘श्री राज महल ज्वेलर्स इन्डिया कौटुर विक २०१४’ मा कंगना ‘सो स्टपर्स’ का रूपमा र्‍याम्प नाप्दैछिन्।
kangana-ranawt
मंगलबारदेखि ताज प्यालेस होटेलमा सुरु हुने यस फेसन सप्ताह ६ दिनसम्म चल्नेछ। यस फेसन सप्ताहमा कंगनाले र्‍याम्प नाप्नु आफ्नो लागि खुसीको विषय भएको डिजाइनर मोदीले बताएकी छन्। ‘कंगना बलिउडकी फेसन आइकन हुन्। सिल्भर स्क्रिन, र्‍याम्पमात्रै होइन रियल लाइफमा पनि कंगनाले यो छवि स्थापित गरेकी छन्’, डिजाइनर अञ्‍जु मोदीले भनेकी छन्। कंगनाले चलचित्र ‘फेसन’बाट अवार्ड जितेकी थिइन्।

 

Copyright © 2012 - 2026 | All Right Reserved.