चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)


काठमाडौं- चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक गरिएको छ।

आइतबार एक कार्यक्रमका बीच अभिनेता नाजिर हुसेन, गौरव पहारी र अभिनेत्री शिल्पा मास्के अभिनीत फिल्म ‘देवी’ को ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ। क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन्।

‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्म देवीलाई निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका हुन्।

सार्वजनिक प्रदर्शनका लागि यो फिल्म निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ।

फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का, विकास पन्तलगायत कलाकारको अभिनय छ। सञ्जेन थापाको फिल्ममा एक्सन रहेको छ।

रेमन गुरूङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरूङ र मिलन लामा हुन्। जोएल फ्रोमले छायांकन गरेको फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन्। यो फिल्म भदौ २१ गतेदेखि प्रदर्शन आउने छ।

चलचित्रको ट्रेलर

Copyright © 2012 - 2026 | All Right Reserved.