असोज ११ गतेबाट प्रदर्शनमा आउदै चलचित्र ‘आँखा’


चलिचत्र ‘आँखा’ निर्माण पक्षले प्रदर्शन मिति तय गरेको छ ।

निर्माण कम्पनी लामा सिनेमाजले चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ लाई रिलिज मिति तय गरेको हो।

चलचित्रको सार्वजनिक पोस्टरमा प्रमुख दुई कलाकार फिचर्ड छन्। सुकुम्बासी बस्ती र सूर्यमखी फूललाई पृष्ठभूमी बनाई तयार गरिएको पोस्टरमा अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहतालाई देखाएको छ ।

चलचित्रमा स्मिता र आरकेसँगै निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल मुख्य अभिनयमा छन्। बाल कलाकारको भूमिकामा प्रसन राई छन्।

नेपाली रंगमञ्चमा अब्बल उपस्थिति जनाएका कलाकारहरूको टिम रहेको चलचित्रलाई मनोरञ्जनसँगै कन्टेन्ट ओरिन्टेड भनिएको छ। निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता हुन्। सह–निर्मातामा रेनुका कार्की ढोली छिन्।

ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको चलचित्रलाई आरआर फिल्मस्ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ।

आलोक शुक्लाको छायांकन रहेको चलचित्रमा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.