रेखाको तीज गीतमा प्रियंका र कविताको नृत्य (भिडियो)


काठमाडौँ। नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकदै गर्दा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ। केहि दिन अघि अश्लिल र छाडा गीतहरु सार्वजनिक भए भन्दै सामाजिक संजालमा ब्यापक आलोचना समेत भएको थियो। तीजको अवसर पारेर थुप्रै खाले गीतहरु सार्वजनिक हुने नौलो कुरा होइन। रेखा शाहको स्वरमा मौलिक र तीजमा छम्म छम्म नाच्ने गीत सार्वजनिक गरिएको छ।

सार्वजनिक ‘छमछमी नाचौं न’ बोलको गीत यसपालीको तीजमा दिदि बहिनिहरु जम्मा भएर नाच्ने गीत बनेको छ। गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र कविता नेपालीले कम्मर मर्काएका छन्। टेकेन्द्र नेपाली र होम न्यौपानेको शब्द रचना रहेको गीतमा संगीत टेकेन्द्र नेपालीको रहेको छ। थुप्रै चर्चित गीतमा स्वर दिई सकेकी गायिका रेखाले दिदिबहिनिहरुलाई तीजको उपहार स्वरुप यो गीत सार्वजनिक गरेको बताइन्।

रुपेश थापाले छायांकन गरेको भिडियोमा गम्भीर बिस्टको कोरियोग्राफी,मिलन बिस्वकर्माको सम्पादन रहेको छ। नितिन चन्दले निर्देशन गरेको भिडीयो रेखा शाहको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.