‘ज्वाई साब’ असोजको २४ गते फूलपातिको दिनबाट प्रदर्शनमा आउने


काठमाडौँ। बसन्त निरौलाको निर्देशनमा तयार भएको सिनेमा ‘ज्वाई साब’ को प्रदर्शन मिति तय गरिएको छ । सिनेमाको निर्माण टिमले फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

सिनेमा असोजको २४ गते फूलपातिबाट देशभर प्रदर्शनमा आउनेछ । दशैंको लामो बिदाको फाइदा उठाउने योजनामा निर्माणपक्ष लागेको देखिन्छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको सिनेमाको शिर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । उनलाई अभिनेत्री नीति शाहले साथ दिएकी छिन् ।

सिनेमामा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

रेड आई फिल्मस्को प्रस्तुतिमा मौसम फिल्मस्को सहकार्य रहेको यो सिनेमामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । सिनेमामा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.