सामाजिक प्रेम कथानक वेव सिरिज ‘प्रेम कथा’


काठमाडौँ। सामाजिक प्रेम कथानक वेव सिरिज ‘प्रेम कथा’ सार्वजनिक गरिएको छ। गत साताबाट प्रशारण सुरु गरिएको सिरिजको दोश्रो भाग सार्वजनिक भई सकेको छ। पवन भुजेलको लेखन तथा निर्देशनमा बनेको सिरिजको पहिलो भागबाट प्राप्त सकारात्मक प्रतिक्रिया र भ्युजले निर्माण टिम सन्तुस्ट बनेको छ। ‘प्रेम कथा’ मा सविन बास्तोला,मिना जीसी,सुदिप खतिवडा,मुस्कान लामा,पवन भुजेल,सन्ध्या खड्का,राकेश रनपाल,भगवान भण्डारी,सोहन थापा,माधव भुर्तेल, नवराज सापकोटा,हिरा थिङ्ग,श्यामकृष्ण बलामी,डीबी मोक्तान,सुशान्त थिङ्ग लगायत कलाकारको अभिनय रहेको छ।

बिबेश भुजेलले छायांकन गरेको सिरिजको सम्पादन सरु भुजेल र पव भुजेलले गरेका छन्। सरु भुजेलको निर्माणमा बनेको सिरिज फ्रिडम इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। सिरिजको १० भाग सम्मको छायांकन भई सकेको छ। सिरियल नियमित रुपमा छायांकन गर्दै प्रशारण गर्ने निर्माण टिमको योजना रहेको छ।